Tuesday, November 23, 2010

शुभकामना थरी थरिका !!!!

मैले आफ्नो ब्लग शुरु गरेको पनि निकै भैसकेछ , खै के काम म ब्यस्त भैयो थाहा नै भएन आज यसो ब्लग खोलेको केहि लेखु लेखु लागेर यसपाली को दशै र तिहार मा मैले पाएका केहि शुभकामना हरु पोस्ट गर्न लागेको छु ।

1.हजुरको घरमा धमिरा परोस्,प्रेममा बिछोड होस्,ज्यान सुकेर मुरली होस्,ब्यागमा एक सुक्का नहोस्,मनमा अशान्ती छाओस्,खानामा झिङ्गा परोस्,निन्द्रा नलागोस्,आँखा फुटोस्,कान बैरो होस्,ग्रलफेन्ड पोइला जाओस्,ब्याइफैन्डले सौता ल्याओस्,सधै कलह छाओस्,किरा परेर मर्नपरोस ,भनेर भन्ने हजुरको शत्रुको सत्यनाश होस् यहि नै मेरो बिजया दशमी तथा दिपावली 2067 को मंगलमय शुभ कामना ........
माथिको SMS पाउदा म त एकछिन त छक्क परे हैन यो कस्तो SMS हो दशै को शुभकामना हो कि मेरो लागी श्राप हो पढ्दै गए पछी पो थाहा भो त गजब छ बा मान्छे हरु को दिमाग पनि
अनि फेरी अर्को SMS पाए एउटा अर्को साथी बाट

Ghyampo-bhari raksi hos
nidharma tika hos
sathibhai haru sanga ramailo hos
hathma ekka ko trail hos. HAPPY DASHAIN.
अब SMS हरु नै एस्तो आए पछी कसैले खान छोडछ
दशै तिहार त झन पिउन खोज्ने हरु को लागी एउटा राम्रो बाहना पनि त हो नि आखिर चाडबा को बेलामा भन्छन मस्त ले पिउछन के भो र......अर्को SMS यो थियो :May ur happiness b as big as Ganeshji's ear, ur problem b as tiny as his mouse, ur LIFE b as long as his trunk n moments b as sweet as his Laddu. HAPPY PEACEFUL DASHAIN ... दशै जस्तो चाड मा गणेश जि लाई तुलना गरेर गणेश जि को त बेइज्जत नै गरे नि एउटा साथी ले त तर जे भए नि यो SMS चाही मलाई अरु भन्दा राम्रै लागयो

Wednesday, January 20, 2010

feelings while driving..

..नेपाली हरु सबै जना भन्छन कानून छैन केहि छैन तर सबै नेपाली लै कानून मिच्ने रोग नै लागेको जस्तो म मान्छु, अब बाटोमा हामीले हेरौ ..आफुले ट्राफीक नियम पालना गर्दा गर्दै पनि अरु कसैले आएर हानी दिन्छ भने त हामि के नै गर्न सक्छौ ??? मेरो आफ्नो अनुभव कस्तो छ भने केटी भएकै कारण कती ठाउमा हेपिनु पर्ने हुन्छ ..त्यो त भनेर साध्य नै छैन आफुलाई हतार हुन्छ आफ्नो अगि कुनै गाडी छ र ओवेरटेक को लागि हरण बजायो भने अगाडी को गाडी को चालक हरु टक्क ऐना हेर्ने अनि हामीलाई हेरेर हास्ने कस्तो सिस्टम छ नेपाल मा अनि अर्को कुरा हाम्रो पछाडी कुनै केटा मान्छे मोटर साइकल मा आएको छ भने बाटो होस् नहोस हामी लाई जसरि पनि उछिनेर अगाडी जाने पर्ने कस्तो हो?? नियम ??? मानौ एकै छिन् हाम्रो पछाडी पर्यो भने उनीहरु को जात नै जान्छ ... मैले नै कती ठाउमा येसरी जादा दुर्घटना भएको देखेको छु तेसैले सबै लाई येही भन्न चाहन्छु .. गाडी चलाउदा आफ्नो अनि अरु को विचार गरि चलाऊ....